घट्यो सुनको मूल्य



काठमाडौं : मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९४ हजार ९ रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुन प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । सोमबार १३ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि १३ सय १५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : पुस ७, २०७७

प्रतिक्रिया दिनुहोस्