जाडोमा छालाको सुरक्षा र हेरचाह यसरी गर्नुस्



जाडो मौसम सुरु भएसंगै छालामा विभिन्न समस्या आउन सुरु हुन्छ । विशेषगरी जाडोयाममा सुख्खा हुने भएकोले छाला खस्रो हुने तथा फुट्ने भएकाले पनि छालाको विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ । 

सामान्यतया जाडो महिनामा पानी कम पिउने भएकाले पनि छालामा सुख्खापन आउँछ । यसका साथै चिसो हावाले शरीरमा भएको पानीलाई सोस्छ । र छाला फुट्छ । तसर्थ, जाडोयाममा बाहिर निस्कँदा शरीर पूरै ढाक्ने खालका लुगा लगाउनुपर्छ ।

 

जाडोयाममा प्राय: मानिसहरु घाममा बस्न रुचाउँछन्, तर घाममा अत्यधिक बस्दा एलर्जी हुने सम्भावना हुन्छ । यसबाट बच्न घाममा निस्कँदा सनक्रिन लगाएर मात्र निस्कनुपर्छ । 

जाडोयाममा प्राय: हातखुट्टा, ओठ, अनुहार र आँखामा बढी असर पर्ने भएकाले विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ । त्यसका लागि हातखुट्टामा मोइस्चराइजको प्रयोग गर्नुपर्छ । जसले छालामा एक प्रकारको मजबुत पत्र बनाउछ, जसले साधारण क्रिमको तुलनामा छालालाई नरम बनाउन मद्दत पुर्याउछ । 

 

जाडो महिनामा नुहाउँदा तातोपानीले त्वचामा असर पुर्याउने भएकाले सकेसम्म चिसो वा मनतातो पानीको प्रयोग गर्नु प्रभावकारी मानिन्छ । अत्यधिक चिसोका कारण सोरिएस अर्थात कत्ले रोग हुने सम्भावना बढी हुन्छ । त्यसैले यसमा ध्यान पुर्याउनुपर्छ । 

जाडोको समयमा चायाले सताउछ । चिसो भई पूर्ण रुपमा शरीरको हेरचाहमा कमी आउने भएकाले यस्ता रोग निस्कन्छन् । यसका साथै कतिपय मानिसले चिसोमा लामो समयसम्म ननुहाउने, मैलो लुगा लगाउने गर्छन् । जसका कारण लुतो आउने आउने सम्भावना हुन्छ । यस्ता रोगबाट बच्न सकेसम्म सरसफाइ गर्नु आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्