उपत्यकामा ३६५ कोरोना संक्रमित थपिए



काठमाडौं : काठमाडौं उपत्यकामा थप ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ३६५ जनामा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३००, भक्तपुरमा २३ र ललितपुरमा ४२ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । त्यस्तै, आज देशभर थप ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ भने अहिलेसम्म २ लाख ४५ हजार ७०९ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ७ सय ९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित :७ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्