प्रचण्ड–नेपाल पक्षीय संसदीय दलको बैठक आज ११ बजे



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले आज संसदीय दलको बैठक बोलाएको छ ।

बुधबार बिहान ११ बजेर ३० मिनेटमा नेकपाका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड र माधवकुमार नेपाल समूहले बैठक बोलाइएको हो ।

त्यस्तै भोलि (बिहीबार) पार्टीको अर्को केन्द्रीय कमिटी बैठक तोकिएको छ ।

मंगलबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा भएको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउँदै माधवकुमार नेपाललाई अध्यक्षमा चयनसमेत गरेको छ ।

यस्तै संसद् विघटन असंवैधानिक भएको भन्दै सडक आन्दोलनमा जाने निर्णय पनि उक्त पक्षले गरेको छ । आन्दोलनका कार्यक्रम बिहीबार तय गरिने जनाइएइको छ ।

प्रचण्डले देशभरका कार्यकर्तालाई सशक्त रुपमा आन्दोलनमा लाग्न पनि आह्वान गरेका छन् ।

उता ओली पक्षले पनि बालुवाटारमा मंगलबार नै केन्द्रीय कमिटी बैठक गरेको थियो । बैठकले केन्द्रीय कमिटी सदस्यको संख्या ११ सय ९९ बनाएको थियो ।

त्यस्तै ओली समूहको बालुवाटार बैठकले बुधबार सातै प्रदेशमा भेला गर्ने निर्णय गरेको छ । मंगलबार बालुवटारमा बसेको समूहको बैठकले आज एक बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने निर्णय गरेको हो ।

बैठकले बिहीबार केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको समेत बैठकमा सहभागी नेताले बताए । बैठकले २०७८ साल मंसिर २ गते एकता महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित : पुस ८, २०७७

प्रतिक्रिया दिनुहोस्