प्रचण्ड बने नेकपा संसदीय दलका नेता



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन् ।

नेकपाको प्रचण्ड–माधवकुमार नेपाल पक्षले कार्यकारी अध्यक्ष प्रचण्डलाई पार्टीको संसदीय दलको नेता चयन गरेको हो ।

पार्टी अध्यक्ष बनेको भोलिपल्ट माधवकुमार नेपालले बुधबार गरेको प्रस्तावलाई संसदीय दलको बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

नेपालले अध्यक्ष प्रचण्ड संसदीय दलको नेतामा सर्वसम्मतिले निर्वाचित भएको घोषणा गरेका थिए ।यो पक्षको बैठकमा दुवै सदनका गरी १ सय १५ सांसद उपस्थित थिए ।

यो पक्षले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई मंगलबार पार्टी अध्यक्षबाट हटाएर उनको स्थानमा माधव नेपाललाई अध्यक्ष बनाएको घोषणा गरेको थियो ।

ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई दलको नेता बनाउने प्रस्ताव पेश गर्दै नेपालले ओलीले पार्टीको हित विपरित काम गरेको तर उनलाई अध्यक्षबाट हटाइएको र आफ्नो गल्ती स्वीकार गरी माफी मागेमा पार्टीमा स्वागत गरिने बताएका थिए ।

प्रकाशित : पुस ८, २०७७

प्रतिक्रिया दिनुहोस्