संसारबाट एकै वर्ष बिदा भए बलिउडका यी कलाकार



काठमाडौंः वर्ष २०२० बलिउडका लागि दुः खदायी हुन पुग्यो । केही बलिउडका हस्ती र कलाकारको यो वर्ष निधन हुन पुग्यो ।

वर्ष २०२० मा संसारबाट बिदा भएका बलिउडका यी हस्तीहरुः

इरफान खानः बलिउडदेखि हलिउडसम्म आफ्नो अभिनय क्षमता पुर्याउन सफल अभिनेता इरफानको गत २९ अप्रिलमा निधन भयो ।

ऋषि कपुरः ऋषि कपुरको निधन ३० अप्रिलमा भएको थियो । वरिष्ठ अभिनेता कपुरले क्यान्सरसँगै जिन्दगीको लडाइँ हारे ।

वाजिद खानः गीतसंगीतबाट लाखौँको मनमुटुमा बसेका संगीतकार वाजिद खानको निधन १ जुनमा भयो ।

सुशान्त सिंह राजपुतः अभिनेता सुशांत सिंह राजपुतको मृत्युले बलिउड हल्लिएको थियो । उनले १४ जुनमा आत्महत्या गरेका थिए ।

सरोजा खानः बलिउडका हरेक स्टारलाई आफ्नो इशारामा नचाउने चर्चित कोरियोग्राफर सरोजाको ३ जुलाइमा निधन भयो ।

सुरमा भोपाली अर्थात जगदीप साहेबः ८१ वर्षका सुरमा भोपालीले ८ जुलाइमा अन्तिम सास लिए ।

समिर शर्माः ‘लेफ्ट राइट लेफ्ट’, ‘कहानी घर घरकी’, ‘ज्योती’लगायत हिट श्रृंखलाका अभिनेता समीर शर्मा ५ अगष्टमा मृत भेटिएका थिए ।

आसिफ बसराः आसिफ बसराले १२ नोभेम्बरमा आत्महत्या गरेका थिए । उनले बलिउडका कयौँ हिट फिल्ममा काम गरेका छन् ।

शफीक अन्सारीः मे १० मा शफीकको निधन भयो उनी क्यान्सरबाट पीडित थिए ।

सचिन कुमारः सिरियल ‘कहानी घर घरकी’ मा देखिएका ४२ वर्षीय अभिनेता सचिन कुमारको मे १५ मा हृदयघातको कारण निधन भएको थियो ।

अमोसः अभिनेता आमिर खानको सहयोगीसमेत रहेका अमोसले १२ मेमा अन्तिम सास लिए । उनको हृदयघातको कारण निधन भयो ।

अभिजितः शाहरुख खानको रेड चिलिज इन्टरटेनमेन्ट कम्पनीका सदस्य अभिजितको १५ मेमा निधन भयो ।

मनमीत ग्रेवालः ३२ वर्षीय टिभी अभिनेता मनमीत ग्रेवालले १६ मेमा आत्महत्या गरे ।

मोहित बघेलः क्यान्सरका विरामी रहेका अभिनेता तथा कमेडियन मोहित बघेलको निधन २३ मेमा भयो ।

योगेश गौरः बलिउडमा एक से एक हिट गीत दिएका गीतकार योगेश गौरको २९ मेमा संसारबाट बिदा भयो ।

साई गुन्डेवरः अभिनेता साईको १० मेमा निधन भयो ।

निशिकान्त कामतः ५० वर्षीय फिल्म निर्देशक निशिकान्त कामत १७ अगस्टमा संंसारबाट बिदा भए ।

एस.पी बालासुब्रमण्यमः कोरोनाको कारण बालासुब्रमण्यमको २५ सेम्बेटम्बरमा निधन भयो ।

निम्मीः बलिउडकर्मी निम्मीका वास्तविक नाम नवाव हो । उनको निधन ८८ वर्षको उमेरमा भयो ।

आशीष रायः सिरियलका अलवा कयौँ फिल्ममा अभिनय गरेका अभिनेता आशीष रायको गत नोभेम्बरमा मिर्गौलाको समस्याका कारण निधन भयो ।

दिब्य भटनागरः अभिनेत्री दिब्य भटनागरको ७ डिसेम्बरमा कोरोनाको कारण निधन भएको थियो । एजेन्सी

प्रकाशित :८ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्