बैतडीमा जीप दुर्घटना, एकको मृत्यु, तीन घाइते



बैतडी : धनगढीबाट बझाङतर्फ गइरहेको जीप बैतडीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

सुर्नया गाउँपालीका–७ आलुगैरामा  बिहीबार बिहान जीप दुर्घटना हुँदा चालक बझाङ बुङ्गलका धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको उनले बताए । बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाका ३५ वर्षीय जनकराज भट्ट र सोही ठाउँका अन्दाजी ४० वर्षीय गंगादत्त भट्टको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक धामीले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका बझाङको बित्थडचीर गाउँपालिकाका हरिश बोहराको अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ । घाइते तीनै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

प्रकाशित : पुस ९, २०७७

प्रतिक्रिया दिनुहोस्