नेकपा प्रचण्ड–नेपाल पक्षको महासचिव सुरेन्द्र पाण्डे



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल पक्षको महासचिवमा सुरेन्द्र पाण्डेलाई चयन गरिने भएको छ।

प्रचण्ड र नेपाल समूहको आज (बिहीबार) बिहान बसेको बैठकले महासचिवमा पाण्डेलाई चयन गर्ने निर्णय गरेको थियो ।

पाण्डेको चयनलाई केहीबेरमा बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ ।

महासचिवका लागि पाण्डेसहित भीम रावल र जनार्दन शर्मा पनि आकांक्षी देखिएका थिए । तीमध्ये पाण्डेमा सहमति जुटेको हो । उनी तत्कालीन एमालेको महाधिवेशनमा महासचिवमा पराजित भएका थिए ।

यसैगरी आज बस्ने केन्द्रीय कमिटी बैठकले संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने जनाइएको छ ।

प्रकाशित : पुस ९, २०७७

प्रतिक्रिया दिनुहोस्