प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ



काठमाडौं : ललितपुरमा प्रहरीमाथि हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–२ धोबीघाट चोकमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा बुधबार बेलुका २ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–४ बागडोल बस्ने ३१ वर्षीय उमेश खड्का र धादिङ घर भई सोही ठाउँ बस्ने २६ वर्षीय रुकेश रानाभाट रहेका छन् ।

बा ८६ प ५९७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूले बाटोमा हिँडेको मान्छेलाई अपशब्द बोलेका थिए । महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले रोकी सम्झाई–बुझाई गर्ने क्रममा प्रहरीमाथि हातपात गरी अभद्र व्यवहार गरेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस ९, २०७७

प्रतिक्रिया दिनुहोस्