प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन तीन सदस्यीय कमिटी गठन 



जननकपुरधाम : प्रदेश नम्बर २ को मन्त्री परिषद्को आइतवार बसेको बैठकले प्रदेशको स्थायी राजधानी र नामाङ्कनको विषयमा महत्वपूर्ण निर्णय गरेको छ ।

 

प्रदेश सरकारका मुख्यमन्त्री मो. लालबाबु राउतको अध्यक्षतामा सम्पन्न बैठकले उक्त विषयमा टुङ्गो लगाउन आयोग गठन गरेको हो । प्रदेशको स्थायी राजधानी र नामाङ्कनका लागि संम्वाद तथा सुझाव आयोग गठन गर्ने निर्णय गरेको छ । 

 

डा. हरिवंश झाको संयोजकत्वमा गठन गरिएको आयोगको सदस्यमा मोहनलाल चौधरी र रामप्रवेश बैठा रहेका छन् । उक्त आयोगले प्रदेशको स्थायी राजधानी र नामाङ्कनको विषयमा ४५ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने समय सिमा तोकिएको मन्त्री परिषद्का सदस्य भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्