यस्तो छ प्रचण्ड–नेपाल पक्षले घोषणा गरेको संघर्षका कार्यक्रम



काठमाडौं : नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहीबार दिउँसो १ बजेबाट शुरु भएको केन्द्रीय कमिटी बैठकले विभिन्न चरणमा संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

यस्ता छन्, संघर्षका कार्यक्रमः
१० गते–बिहान साढे ९ बजे माइतीघर र १२ बजे निर्वाचन आयोगमा केन्द्रीय कमिटी र संसदमा रहेका सांसदहरुको उपस्थितिमा विशेष कार्यक्रम सञ्चालन। सोही दिन राजधानीमा पार्टी अध्यक्षहरुको तर्फबाट पत्रकार सम्मेलन गरिने ।

११ गते– प्रदेश कार्यालयको संयोजनात्मक छलफल हुनेछ।

१२ गते– ७७ वटै जिल्लामा कार्यकर्ता भेला । प्रतिगमनको विरुद्ध संघर्ष अगाडि बढाउन अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने ।

१४ गते– राजधानी र जिल्लामा विरोध प्रदर्शन ।

२० गतेसम्म– नगरपालिका र गाउँपालिकामा पार्टीको बैठक र भेला ।

२५ गतेसम्म– वडामा पार्टीको बैठक र भेला ।

२४ गतेसम्म– जनवर्गीय संगठनहरुको बैठक र भेला ।

राजधानीमा यस बीचमा पनि विभिन्न कार्यक्रमहरु गरिने ।

बैठकले यस संघर्षको कार्यक्रम व्यवस्थित ढगले परिचालित गर्न प्रवक्ता श्रेष्ठको संयोजकत्वमा केन्द्रीय संघर्ष समिति गठन गरिएको छ । त्यसको एक सचिवालय रहने ।

प्रकाशित : पुस ९, २०७७

प्रतिक्रिया दिनुहोस्