सरकारको अनुमतिविनै ९ महिनादेखि बन्द सिनेमाहल आजबाट सन्चालन हुँदै



काठमाडौंः कोरोना महामारी रोकथामका लागि सरकारले लागू गरेको देशव्यापी लकडाउनसँगै बन्द रहेका सिनेमाहल आजदेखि सन्चालनमा आउने भएका छन् ।

हल व्यवसायीहरुले सरकारको अनुमतिविनै एकतर्फी रुपमा हल सन्चालन गर्ने निर्णय गरेका हुन् ।

व्यवसायीले बजार, व्यवसाय, सार्वजकि यातायात सबै खुलीसकेको तोकिएको स्वास्थ्य सुरक्षा मापदन्ड पूरा गरी सिनेमाहल सन्चालन गर्ने निर्णय गरेका हुन् ।

आज चार वटा चलचित्र प्रदर्शन हुनेछन् । नेपाली चलचित्र सेन्टी भाइरस र आमा पुनः रिलिज हुनेछन् भने अंग्रेजी चलचित्रहरु द इन्भिजिवल म्यान र ब्लड्सटलाई पनि पुनः रिलिज गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्