सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको यथावत



काठमाडौं : आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । स्थानिय बजारमा सुनको मूल्य एक सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला ९४ हजार २०० मा कारोबार भइरहेको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार १०० मा कारोबार भएको थियो ।

बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला १०० ले बढेको हो । तेजाबी सुन प्रतितोला ९३ हजार ७०० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला ९३ हजार ६०० मा कारोबार भएको थियो ।

यस्तै, शुक्रवार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीवार प्रतितोला १ हजार २८० मा कारोबार भएको चाँदी शुक्रवार पनि सोही मूल्यमा खरीदविक्री भइरहेको महासंघले जनाएको छ ।

प्रकाशितः १० पुष, २०७७

प्रतिक्रिया दिनुहोस्