आज–११ पुस २०७७ शनिवारको राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धर्म र कर्ममा मन लाग्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) निर्णय कार्यान्वयन हुन नसक्ला । आत्मबलमा कमी आउने र मनमा दुविधा उत्पन्न हुनेछ । बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रमको उचित मुल्याङ्कन पनि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सजिलै अरूको मन जित्न सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । मन भावुक र उत्ताउलो बन्नेछ । प्रेममा मनमुटाव आउनेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । फैन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका पनि छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लाभ,हानी, आय,व्यय, सुख,दुख वरावरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्य सिद्धिको योगछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धाबाट फाइदा हुनेछ ।

प्रकाशित : पुस ११, २०७७

प्रतिक्रिया दिनुहोस्