फ्रान्समा पनि फेला पर्‍यो नयाँ प्रकारको कोरोना संक्रमण



एनेन्सी : फ्रान्समा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको छ । यही डिसेम्बर १९ मा लण्डनबाट आएका फ्रान्सेली पुरुषमा संक्रमण पुष्टि भएको हो । उनी टोर्स शहरका बासिन्दा रहेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना संक्रमण फ्रान्समा पहिलो पटक देखिएको हो । नयाँ प्रकारको कोरोना यसअघिको भन्दा संक्रामक छ ।

फ्रान्समा संक्रमित व्यक्तिमा कुनै पनि लक्षण नदेखिएको र अहिले उनी सेल्फ आइसोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बेलायतमा रुपान्तरित कोरोना संक्रमण देखिएपछि विभिन्न देशले यात्रा प्रतिबन्ध लगाएका थिए । फ्रान्सले पनि सीमा बन्द गरेको थियो, तर गएको बुधबारदेखि पुनः खुला गरिएको हो ।

२१ डिसेम्बरका अस्पतालमा परीक्षण गर्दा ती व्यक्तिमा संक्रमण देखिएको हो । बेलायत बस्दै आएका ती फ्रान्सेली व्यक्तिबारे थप जानकारी दिइएको छैन ।

प्रकाशित : पुस ११, २०७७

प्रतिक्रिया दिनुहोस्