‘यो समयको चक्र हो, समय परिवर्तनशील छ’– शिव परियार



नेपाली संगीतको क्षेत्रमा आधुनिक सुगम गायकका रुपमा चर्चा वटुल्न सफल शिव परियार एक लोकप्रीय तथा सफल गाएक हुन् । पिलायो साथीले,संगी.. डुब्दै छु तिम्रो.. यादमा,अलिकति नजर तिम्रो,आँसुको अर्थ , पाकेर खाको फल मिठो,क्या दामि भो,नभेटि नभेटि जस्ता उनले हाल सम्म ३ दर्जन भन्दा बढि चर्चित गीत नेपाली संगीतमा पस्किसकेका छन् । भने ३ यसभन्दा बढी आधुनिक गीतहरु गाइसकेका छन् । बिगत २१ वर्ष देखि शास्त्रीय संगीत गायनको साधनामा लागेका उनको हालै आँसुको अर्थ ३ बोलको आधुनिक गीत तथा सुदुर पश्चिीमेली भाषामा बनेको गढवालि फ्युजन मेरि लक्षिमा बोलको गीत सार्वजनिक भएको छ।कारोनाका कारण ठप्प सांगितिक क्षेत्रलाई पुनः ब्युँताउन अब उनको कदम कस्तो हुनेछ ? के गर्दै छन् आजभोली ? अबको तयारी के छ ? लकडाउनको बेला नयाँ पुस्ताले गीत संगितलाई दिएको योगदान कस्तो छ, भन्ने विषयमा आज हामी उहि चर्चीत गाएक परियारसँग कुराकानी गर्दै छौँ ।

के मा व्यस्त हुनुहुन्छ आजभोली ? लकडाउनले सांगितीक क्षेत्रमा कस्तो प्रभाव पारेको छ ?

– लामो समयको लकडाउनपछि आसुको अर्थ ३ आधुनिक गीत र मेरि लक्षिमा नेपालि लोक फ्युजन गीत लिएर आएका छौँ । र आउँदो महिनासम्ममा युगल गीत सार्वजनिक गर्ने तयारीमा छौँ ।

लकडाउनले पहिलाको बर्षको अनुपातमा यस बर्ष खास्सै म्युजिक भिडियोहरु रिलिज गर्न सकिन । कोभिड १९ का कारणले राज्यका सम्पूर्ण क्षेत्र र संगठनहरुलाई असर पारेको छ, त्यसभित्र संगित पनि पर्छ । र यो महामारीले संगितमा उत्साहित भएर लगानी गर्ने अवस्था पनि थिएन । तर, अब काम गर्नुपर्छ भन्ने सोचले अगाडि बढेको छु । अब सांगितिक कामहरुपनि सुचारु हुन सुरु भएको छ। अब रिलिज हुने नयाँ नयाँ गीतको म्युजिक भिडियोको तयारी हुदैँ छ ।

नयाँ पुस्ताले सार्वजनिक गरिरहेको नयाँ रचना र संगितलाई के भन्नु हुन्छ ?

– यो समयको चक्र हो, समय परिवर्तन शिल छ । हामी किशोर अवस्था हुदाँ हाम्रो जमानाको गीतहरु चर्चामा हुन्थे । जसरी आजका पुस्ताले नयाँ ट्रेन्डका गीतहरु मन पराउने अवस्था छ । कोभिड १९ को माहामारिको अवस्थामा पनि नयाँ पुस्ताले दिनहुँ जस्तो गीत संगीत पस्कीरहनु नेपाली संगीतको एउटा सकारात्मक र स्वागत योग्य कुरा हो । बिकृती जुनै पनि क्षेत्रमा हुन्छ, तर हामिले बिकृती औंल्याउनुका साथै राम्रो सृजनालाई र कलाकरलाई प्रोत्साहन गर्न पनि चुक्नु हुन्न । यो संस्कारले नेपाली सांगितिक क्षेत्रलाई बचाई राख्न महत्वपुर्ण भुमिका पनि खेल्दछ । नयाँ पुस्ताको प्रयास राम्रै लागेको छ ।

संगितकै क्षेत्रमा यसरी सफल भईएला भनेर सोच्नु भएको थियो ?

– पहिलादेखि नै स्कुल, कलेजमा गाउने सदैव लगन र मेहनतका साथ संगित साधनामा जुटिरहें, यसैलाई निरन्तरता दिए, लक्ष्य आफै निर्धारण भयो ।

आधुनिक गीत आँसुको अर्थ ३ सार्वजनिक भएपछि स्रोताहरुबाट कस्तो प्रतिक्रया पाईरहनु भएको छ ?
– एकदम राम्रो प्रतिक्रया आइरहेको छ । एक हप्ता सम्म हामी यस गीत मार्फत युटुबको ट्रेन्डीङमा रहन सफल पनि भयौँ । श्रोताहरुले राम्रै प्रतिक्रया दिइरहनु भएको छ ।

संगित मै केही गर्छु भन्ने युवाहरुका लागि के भन्नु चाहनुहुन्छ ?

– म त संगित प्रेमी, संगित साधना नै मेरो जिवन हो । पछिल्लो समय नेपाली संगित अत्यन्तै व्यवसायीक भएको छ । नेपालि संगीतमा जति व्यवसायिकता भित्रीदै छ, त्यतिनै थप अवसर र चुनौति पनि थपिएको छ । त्यसैले यस क्षेत्रमा लाग्ने जतिपनि युवा वर्ग हुनुहुन्छ । यससँग सम्बन्धित ज्ञान आर्जन गर्दै यसैलाई साधना मानेर निरन्तरता दिन सकियो भने सफल भइन्छ ।

अन्तिममा केहि भन्न चाहानु हुन्छ ?

त्यहि हो, अब नेपाली गीत संगितलाई माया गरौँ, कलाकारको जीवनमा उतारचढाव त भइरहन्छ । लामो समयपछि श्रोता समक्ष आएका छौँ, र नयाँ युगल गीत जनवरि र फेब्रुअरि भित्र श्रोता दर्शकहरु समक्ष ल्याउँदै छौँ अपेक्षा छ, मनपराई दिनुहुनेछ।

प्रकाशित : पुस ११, २०७७

प्रतिक्रिया दिनुहोस्