उपत्यकामा २६७ कोरोना संक्रमित थपिए



काठमाडौंः काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २६७ कोरोना संक्रमित थपिएका छन् ।

मुलुकभर थपिएका ५ सय संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र २६७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

जसमा ११७ महिला र १५० पुरुष रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा २०९, भक्तपुरमा १६ र ललितपुरमा ४२ जना संक्रमित थपिएका छन् ।

प्रकाशितः ११ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्