संसद विघटनविरूद्ध जसपा विद्यार्थीको विरोध प्रदर्शन



काठमाडौंः जनता समाजवादी पार्टीको विद्यार्थी युनियनले संसद विघटनविरूद्ध विरोध प्रदर्शन गरेको छ ।

शनिबार बबरमहलस्थित आफ्नै पार्टी कार्यालयअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरूद्ध विरोध प्रदर्शन गरेका हुन् ।

प्रहरीले सडकमा आउन नदिएपछि आफ्नै पार्टी कार्यलय आगाडी विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।

प्रकाशितः ११ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्