प्रधानमन्त्री कप क्रिकेटः एपीएफले कर्णालीलाई गर्यो पराजित



काठमाडौंः प्रधानमन्त्री कप महिला क्रिकेटमा सशस्त्र प्रहरीको एपीएफ क्लबले कर्णाली प्रदेशलाई २ सय ४ रनले पराजित गरेको छ ।

दाङको देउखुरीमा एपीएफले दिएको २ सय ३६ रनको विशाल लक्ष्य पछ्याएको कर्णालीले १४ ओभर १ बलमा अल आउट हुँदै जम्मा ३१ रन मात्रै बनाएको थियो ।

कर्णालीका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफकी करुणा भण्डारी एक्लैले ५ विकेट लिइन भने राजमती भण्डारीले २ र सोनु खड्का र रेखा रावलले १–१ विकेट लिएका थिए । यसअघि पहिले ब्याटिङ गरेको एपीएफले १० ओभरमा ४ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो ।

उसका लागि सीता रानामगरले सर्वाधिक ६८ रन बनाएकी थिइन् भने सरिता मगरले ४४, ज्योती पाण्डेले ३२ र इन्दु बर्माले २२ रन बनाएका थिए ।

प्रकाशितः ११ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्