बैंक भित्रैबाट लुटियो सेवाग्राहीको १७ लाख रुपैयाँ



बिर्तामोड : झापाको बिर्तामोडस्थित एनएमबी बैकको शाखा भित्रैबाट एक व्याक्ति लुटिएका छन् । आइतबार दिउँसो बैंकमा रकम जम्मा गर्न गएका ताप्लेजुङ याम्फुदिन–१ का शेरबहादुर गुरुङको १७ लाख नगद लुटिएको हो ।

 

झोलामा रकम लिएर बैंक गएका गुरुङ बैंकको काउण्टर अघि रकम जम्मा गर्न भौचर भर्दै गर्दा एक व्याक्तिले उनको रकम भएको झोला बोकेर भागेका थिए । बैंकका सुरक्षा गार्डसमेत कमजेर स्वभागका भएकाले लुट्ने व्याक्ति भाग्न सफल भएको पाइएको प्रहरीले बताएको छ ।

 

घटना मध्यान्ह १२ बजेर १७ मिनेटमाा भएको बताइएको छ । रकम लुटेर भाग्नेको सिसी क्यामेरा फुटेजबाट पहिचान खुलेकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्