ट्रकले ठक्कर दिँदा गुल्मीमा दुई जनाको मृत्यु



गुल्मी : बुटवलबाट खाद्यान्न बोकेर तम्घासतर्फ आउँदै गरेको ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट गुल्मीको रेसुङ्गा नगरपालिका–१३ भगारी बस्ने २६ वर्षीय टोप बहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेलको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठका अनुसार ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका–१३ भगारीस्थित मसिने खोलामा आइतबार विहान साढे २ बजेतिर ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले चालक र ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ ।

शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस १२, २०७७

प्रतिक्रिया दिनुहोस्