इलाका प्रशासन प्रमुख साह प्रहरी नियन्त्रणमा




झापा : नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो ।

“हामीले जिप्रकाको आदेशलाई मानेका हौँ ”, प्रहरी प्रवक्ता राकेश थापाले भने, “खै नागरिकता वितरण प्रक्रियामा केही त्रुटि भयो भन्ने कुरा आएको छ । प्रशासन कार्यालयको आन्तरिक मामिला हो, छानबिन भइरहेको छ, तथ्यसहित सबै कुरा प्रमाणित भएपछि जानकारी गराउँछौं ।” उनीसँगै कार्यालय सहयोगी आशीर आलमलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय , सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाथ लगायतका कार्यालयमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्