माघ ७ गते प्रदेश १ को हिउँदे अधिवेशन



विराटनगर : प्रदेश १ सरकारले प्रदेश नं. १ को प्रदेशसभा अधिवेशन ०७७ माघ ७ गते दिउँसो २ बजे बोलाउने गरी सिफारिस गरेको छ ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभा अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

बजेट अधिवेशन गत साउन ९ गते सम्पन्न भएकाले माघ ८ गते अघि नै प्रदेश सभा बैठक आह्वान गर्नुपर्ने संवैधानिक बाध्यता रहेको थियो । यसैगरी मन्त्रीपरिषद् बैठकले प्रदेश यातायात नियमावली २०७७ स्वीकृत गरेको छ ।

प्रकाशित : पुस ७, २०७७

प्रतिक्रिया दिनुहोस्