नौ महिनापछि खुल्यो तम्घास बजार



गुल्मी : कोरोना महामारीका कारण बन्द रहेको गुल्मी सदरमुकामस्थित तम्घास बजार नौ महिनापछि खुलेको छ ।

रेसुङ्गा नगरपालिकाले कृषिजन्य वस्तुहरुमा बिचौलियाको हस्तक्षेप अन्त्य गर्न सञ्चालमा ल्याएको केही महिनापछि कोरोना महामारीका कारण २०७६ चैतदेखि बन्द भएको थियो ।

लामो समयदेखि बन्द रहेको बजार पुनः खुलेसँगै कृषकले आफ्ना उत्पादन सहज रुपमा बिक्रीवितरण गर्न पाउने भएका छन् ।

रेसुङ्गा नगरपालिकाका कृषि शाखा प्रमुख हरिशरण पन्थीका अनुसार तम्घासको चारीखोलामा ५ टन क्षमताको शितभण्डारणसहित बजार सञ्चालन आएको हो ।

प्रकाशित : पुस १२, २०७७

प्रतिक्रिया दिनुहोस्