‘जीवन यहाँ यस्तै छ’ बोलको गीत सार्वजनिक



काठमाडौं : ‘जीवन यहाँ यस्तै छ’ बोलको गीतको सार्वजनिक भएको छ । गीतको शब्द, संगीत र स्वर प्रेम सेन्चुरीको रहेको छ भने उनलाई वरिष्ठगायिका सपनाश्रीले साथ दिएकी छन् ।

उदयपुर मिडिया हबले निर्माण गरेको उक्त भिडियोमा नेपाली घरगाउँको जनजीवनको पीडालाई यथार्थमा उतार्ने प्रयास गरिएको छ ।

भिडियोमा अप्सरा चाम्लिङ राई, परिस्मा राई, गणेश प्रदेशी, दिनेश राई (कान्छा) र गायक प्रेम सेन्चुरीको अभिनय देख्न सकिन्छ ।

प्रेम जंग किराँतीले निर्देशन गरेका यस गीतलाई संयुक्त राज्य अमेरिका र उदयपुर जिल्लाकै चौदण्डिगढी नगरपालिकाको गढन्तामा छायांकन गरिएको छ ।

प्रकाशित : पुस १२, २०७७

प्रतिक्रिया दिनुहोस्