थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ४९ हजार ८६३ पुगेको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४९३ रहेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टामा थप ६ जनाको निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८२५ पुगेको छ ।

प्रकाशित : पुस १२, २०७७

प्रतिक्रिया दिनुहोस्