आज प्रचण्ड–नेपाललाई भेट्दै चिनियाँ टोली



काठमाडौं : नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग भेटवार्ता गर्दैछ ।

नेकपामा देखिएको विवाद समाधान गर्न आइतबार काठमाडौं आएका चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको टोलीले आज प्रचण्ड–नेपालसँग भेटवार्ता गर्ने बताइएको छ ।

आइतबार राति चिनियाँ टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए ।

राष्ट्रपति भवन शीतल निवासमा पुगेर टोलीले भण्डारीसँग साँझ ५ बजेदेखि ६ बजेसम्म भेट गरेको हो । भेटमा भएको छलफलबारे भने राष्ट्रपति कार्यालयले खुलाएको छैन ।

आइतबार बेलुका चिनियाँ प्रतिनिधिमण्डले प्रधानमन्त्री ओलीलाई भेटेको ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले पुष्टि गरेका हुन् ।

उनले राति ट्वीट गर्दै बालुवाटारमा आइतबार बेलुका चिनियाँ प्रतिनिधिमण्डल र प्रधानमन्त्री ओलीबीच औपचारिक भेटवार्ता भएको जानकारी दिएका हुन् ।

प्रकाशित : पुस १३, २०७७

प्रतिक्रिया दिनुहोस्