चलचित्र क्षेत्रलाई राहत उपलब्ध गराउन सरकारलाई सीसीएमसीको आग्रह



काठमाडौं : चलचित्र क्षेत्रलाई राहत–छुट प्याकेज उपलब्ध गराउन कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले सरकारसँग आग्रह गरेको छ ।

कोरोनाका कारण लामो समय बन्दाबन्दी भएको विभिन्न सेवा तथा क्षेत्रको लागि सरकारले राहत प्याकेज उपलब्ध गराए पनि चलचित्र क्षेत्र छुटेको भन्दै आवश्यक सम्बोधन गर्न सीसीएमसीले अर्थ मन्त्रालयलाई आग्रह गरेको हो ।

चलचित्र विकास बोर्ड र चलचित्र संघले आग्रह गरे अनुसार अर्थ मन्त्रालयलाई आवश्यक निर्णयका लागि सीसीएमसीले अर्थ मन्त्रालयलाई पत्र लेखेको हो । बोर्ड र संघले चलचित्र क्षेत्रलाई कोरोना अति प्रभावित क्षेत्रमा राख्न तालुकदार मन्त्रालय सञ्चार मन्त्रालय र अर्थ मन्त्रालयसँग माग गरेको थियो ।

प्रकाशित : पुस १३, २०७७

प्रतिक्रिया दिनुहोस्