प्रचण्डले अाेली फकाएपछि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमै



चितवन : नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले अन्तराष्ट्रिय क्रिकेट रंगशाला चितवनमै बनाइने बताएका छन् । 

 

भरतपुर महानगरपालिकामा आइतवार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले देशकै महत्वपूर्ण मध्ये एक अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला चितवनमै बनाउने घोषणा गरेका हुन् । 

 

'मैले हिजो मात्रै पनि प्रधानमन्त्री केपी ओलीसँग भेटमा कुरा राखेँ, उहाँले क्रिकेट रंगशाला चितवनमै निर्माण हुन्छ तपाईँले घोषणा गरिदिनुस् भन्नुभयो', दाहालले कार्यक्रममा बोल्दै भने । 

  

अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउनका लागि धुर्मुस-सुन्तली फाण्डेसनले पनि चितवनकै जग्गालाई उपयुक्त मानेको थियो । फाउन्डेसनले अन्तराष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन रामपुरमा रहेको जग्गा महानगरपालिकासँग माग गरेको थियो ।

 

त्यो जग्गा त्रिभुव विश्वविद्यालयसँग रहेकाले अझै टुंगो भने लाग्न बाँकी छ । त्यो जग्गा कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई हस्तान्तरण गरेम मात्रै रंगशाला निर्माणको ढोका खुल्नेछ ।

 

भरतपुर महानगरपालिकालले रामपुरस्थित जग्गाको साटो कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई साविक चित्रवन नगरपालिका अन्तर्गतकै सार्वजनिक जग्गा दिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्