विराटनगरमा शुरु भयो काँग्रेसको प्रदर्शन



विराटनगर : प्रतिनिधिसभा विघटनविरुद्ध विराटनगरमा नेपाली काँग्रेसको विरोध प्रदर्शन शुरु भएको छ । काँग्रेस नेता डा. शेखर कोइरालाको नेतृत्वमा विरोध प्रदर्शन शुरु भएको हो ।

संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै काँग्रेसले आज १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो । हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध -याली र सभा हुने काँग्रेसले जनाएको छ ।

यसैगरी सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर ठिमीमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् ।

महामन्त्री डा. शशांक कोइरालाले नवलपुरमा सम्बोधन गर्नेछन् । प्रकाशमान सिंहले बानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर र गगन थापाले नेपालगञ्जमा आयोजित प्रदर्शनमा सम्बोधन गर्ने काँग्रेसले जनाएको छ ।

प्रकाशित : पुस १३, २०७७

प्रतिक्रिया दिनुहोस्