चक्कु प्रहार गरी श्रीमानको हत्या



रुकुम : रुकुम पश्चिममा श्रीमानको हत्या गरी श्रीमती आफैँ प्रहरी सम्पर्कमा आएकी छन् ।

जिल्लाको मुसीकोट नगरपालिका–८, घोरखानी, किटेनीकी ५० वर्षीया डल्ली बुढा आफूले श्रीमानको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा पुगेकी हुन् ।

उनले घरायसी विवादमा धारिलो चक्कु हानेर श्रीमान् चित्रबहादुर थापाको हत्या गरेको प्रारम्भिक बयान दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कपिल शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको थियो । प्रहरी घटनास्थल पुग्दा चित्रवहादुरको शव उनकै घरभित्र भेटिएको केसीले जानकारी दिए ।

श्रीमती डल्लीलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया थालिएको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस १३, २०७७

प्रतिक्रिया दिनुहोस्