उखु किसान र सरकारबीच वार्ता हुँदै



काठमाडौं : सरकार र आन्दोलनरत उखु किसानबीच सोमबार वार्ता हुँदैछ । सरकार र आन्दोलनरत उखु किसानका प्रतिनिधिबीच आज वार्ता हुने भएको हो । उद्योग मन्त्रालयमा दिउँसो ३ बजेपछि वार्ताको समय तय भएको हो ।

मन्त्रालयले वार्ताका लागि बोलाएको र आफूहरुको मागप्रति सकारात्मक देखिएकाले वार्तामा जाने उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले बताए ।

सरकारले आफ्नो माग पूरा हुने ग्यारेन्टी दिए मात्रै सरकारसँग सहमति गरिने उखु किसानको अडान छ । चिनी उद्योगीले पुरानो भुक्तानी नदिएपछि विगत १६ दिनदेखि सर्लाहीसहितका किसानले काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

यसअघि सरकारले पटकपटक पुरानो भुक्तानी दिलाइदिने आश्वासन दिए पनि किसानले उखुको भुक्तानी पाउन सकेका छैनन् ।

किसानको आन्दोलन शुरु भएछि कतिपय उद्योगले किसानको भुक्तानी दिन थालेका छन् । चिनी उद्योगीले ९० करोडभन्दा बढी भुक्तानी दिन बाँकी रहेको किसानको भनाइ छ । उता सरकारले ६५ करोड रुपैया मात्र बाँकी रहेको बताएको छ ।

प्रकाशित : पुस १३, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा ३३६ कोरोना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल (मप) विश्वविद्यालयका क्यामपस प्रमुखहरुले सामूहिक राजीनामा दिएका छन् । उपकुलपतिको

काठमाडौं : भारतले नेपाललाई अनुदानमा दिने घोषणा गरेको १० लाख डोज कोरोनाविरुद्धको खोप आज काठमाडौं

काठमाडौं : सर्लाहीको हरिवन नगरपालिका–४ मा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौं : प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले आज वडास्तरमा प्रदर्शन गर्दै छ । देशभरका

काठमाडौं : पछिल्लो २४ घण्टामा ३१८ जना कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु

काठमाडौं : कृषिका प्राथमिक उत्पादनका क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय तत्कालका लागि रोक्न

काठमाडौ : भारत सरकारले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने भएको छ । बुधबार

जेनेभा : कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिट निवेदनमा बहस गर्न कानुन व्यवसायीहरुका लागि आधा घण्टाको

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आज दुई खेल हुँदैछ । साविक विजेता