कांग्रेस सत्ताको लोभमा फस्नु हुँदैन : नेता कोइराला



विराटनगरः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले कांग्रेसलाई सत्ताको लोभमा नफस्न सुझाव दिएका छन् ।

विराटनगरमा काँग्रेसले सोमबार गरेको विरोधसभामा कोइरालाले कांग्रेस सरकारमा सहभागी हुनु हुँदैन भन्दै सत्ताको लोभमा पार्टी फस्न नहुने सल्लाह दिए । उनले भने, ‘ओलीको मतियार हुन कांग्रेस सरकारमा जान हुँदैन ।’

कम्युनिस्टसँग मिलेर अघि नजान पहिलेदेखि नै बीपी कोइरालाले समेत सचेत गराएको बताउँदै कोइरालाले कम्युनिस्टलाई लोकतान्त्रिक बनाउन प्रयास गरे पनि उनीहरुले निरंकुशता छाड्नै सक्दैनन् भन्ने पछिल्लो उदाहरण प्रधानमन्त्री शर्मा ओलीको कदम भएको उनले बताए । उनले संसद् विघटनजस्तो असंवैधानिक कदमको विरोध गरिरहने स्पष्ट गरे ।

प्रकाशितः १३ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्