बुटवलमा प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन



बुटवलः प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज विभिन्न ठाउँमा प्रदर्शन गरेको छ ।

प्रदर्शनको क्रममा रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरिएको छ । जिल्लाको क्षेत्र नं.२ को बुटवलको ट्राफिक चोकमा भएको प्रदर्शनमा नेताहरुले बर्तमान सरकारले प्रतिनिधि सभा विघटन, अध्यादेशबाट संबैधानिक निकायको नियुक्तीलगायत असंबैधानिक कदम भएको भन्दै त्यसलाई सच्याउन माग गरेका छन् ।

कार्यक्रममा बोल्दै नेताहरुले बर्तमान सरकार संविधान मिचेर अघि बढेको बताएका थिए । आफूहरुले अदालतको निर्णय पर्खेको र त्यस अनुसार चुनावमा जान परे पनि अघि बढ्न तयार रहेको उनीहरुको भनाइ छ ।

क्षेत्रीय सभापति हरि लम्सालको सभापतित्वमा भएको सभामा अधिवक्ता महेन्द्र पाण्डेले संविधानका बुँदाबारे जानकारी दिएर सरकारले गैर संबैधानिक काम गरिरहेको उल्लेख गरे । बुटवलको अस्पताललाईनबाट शुरु भएको र्याली अमरपथ हुँदै ट्राफिकचोकमा पुगेर सभामा परिणात भएको थियो ।

प्रकाशितः १३ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्