आन्तरिक कलह नेकपाका लागि खतरा : प्रचण्ड



भरतपुर : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रको गलत सोचले पार्टी कमजोर हुने खतरा रहेको बताएका छन्। पार्टी एकताको छोटो समयमै पार्टीभित्र देखिएको विवादलाई लक्षित गर्दै प्रचण्डले यस्तो बताएका हुन्। 

आइतबार नेकपा चितवनले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले पार्टी भित्रको आन्तरिक कलह नै पार्टी एकताको लागि खतरा भएको दाबी गरे।

 

‘हामी स्वार्थी भयौँ भने आफैंले आफैंलाई सिद्धाउछौँ’, प्रचण्डले भने, ‘आफैँ भित्रको मैलो सफा गर्न गर्‍यौ भने कसैले पनि परास्त गर्न सक्दैन।’

 

उनले पार्टी एकता अघि नै देश भित्र बाहिर ठूलो शक्ति लागेको उल्लेख गर्दै सामान्य कुरामा विवाद गर्नु नहुनेमा जोड दिए। 

 

आफ्नै कारण कारण कम्युनिस्ट कमजोर हुने टिप्पणी उनको छ। ‘विकास र बिनासको मुख्य कारण आन्तरिक हुन्छ, बाहिरी तत्व साहायक मात्र हो’, उनले भने, ‘सबै कुरा छोडेर २०१९ सालदेखी विभाजित कम्युनिस्ट पार्टीमा दुई ठूला शक्ति मिलेपछि बनेको राजनीतिक स्थिरता जोगाउनु सबैको दायित्व हो।’ 

 

उनले तल्लो तहसम्म पार्टी एकताका लागि काम भइरहेको भन्दै कार्यकर्तालाई आश्वस्त पारेका छन्। 

प्रतिक्रिया दिनुहोस्