भुक्तानीविनै सम्झौता भएपछि एक उखु किसानको हृदयघातका कारण मृत्यु



काठमाडौंः बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौंको माइतीघरमा दुई साता लामो आन्दोलनपछि सोमबार किसान र सरकारबीच सम्झौता भएको एक दिन एकदिन नबित्दै आन्दोलनमा सहभागी एक किसानको हृदयघातका कारण मृत्यु भएको छ ।

यसपाली पूरै भुक्तानी नलिइ काठमाडौँबाट नफर्किने भन्दै आन्दोलनमा सक्रिय सर्लाहीका नारायणराय यादव (भगत) भुक्तानीविनै सरकार र आन्दोलनकारीबीच सम्झौता भयो भन्ने सुनेर हृदयघात भएको जनता समाजवादी पार्टी नेपालका नेता केदारनन्दन चौधरीले बताए ।

सम्झौता हुने बित्तिकै भगतले नेता चौधरीलाई फोन गरेर ‘भुक्तानी नलिइकन सम्झौता किन गरेको भनि दुखेसो गरेको बताइएको छ ।

भगतले अन्नपूर्ण सुगर मिलबाट ३ वर्षदेखि २४ लाख ६५ हजार रुपियाँ लिन बाँकी थियो । त्यही पैसाका कारण उनी निकै तनावमा रहेका उनले राति नै फोन गर पैसा नदिएर नफर्किनुपर्नेमा किन सहमति गरेको भनेर दुखेसो पोखेको नेता चौभरीले बताए ।

‘चिन्ता नगर्नुस् तपाईसँग म भोलि भेट्छु जसरी पनि भुक्तानी लिएर मात्र घर जाने हो भनेर सन्तवना दिएको थिएँ,’ नेता चौधरीले भने, तर विहान भगतजी ट्वाइलेटमा लडेर बेहोस हुनुभयो भन्ने खबर पाए । गंगालाल अस्पताल पुग्दा डाक्टरले तनावका कारण हृदयघात भएको जानकारी दिए ।’

सरकार र उखु किसानबीच सोमबार २१ दिनभित्र भुक्तानी दिने लगायतका ४ बुँदे समझदारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्