८ सयले घट्यो सुनको मूल्य



काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ८ सयले घटेको छ ।

सोमबार ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार तोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य समेत घटेको छ । सोमबार १३ सय १५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि १३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित : पुस १४, २०७७

प्रतिक्रिया दिनुहोस्