‘संसद पुनर्स्थापना भए देशमा अराजकता बढ्ने’



नेपालगञ्ज : नेकपाका नेता महेश बस्नेतले संसद पुनर्स्थापना भए देशमा अराजकता बढ्ने बताएका छन् ।

मंगलबार प्रेस संगठन बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलना नेकपा नेता बस्नेतले सो कुरा बताएका हुन् ।

संसद पुनर्स्थापना भएमा देशमा अराजक र अपराधीकरण बढ्ने दाबी गर्दै उनले माधव नेपाल र झलनाथ खनाललाई सूर्य चुनाव चिन्ह चाहिएमा मूलघरमा फर्किन आह्वान गरे ।

‘भागी विवाह गर्नु भएको छ । थर र गोत्रको डर पनि छ,’ माधव नेपाल र झलनाथ खनाललाई लक्षित गर्दै नेता बस्नेतले थपे–‘माधव र झलनाथले हसिया हथौडा लिन सक्नु पर्छ । सूर्य चिन्ह चाहिएमा यतै आए हुन्छ ।’

नेता बस्नेतले एमालेको गुटबन्दीमा रमाएका साथीहरु प्रचण्डतिर लागेको आरोप लगाए । बस्नेतले गुटबन्दी रमाएहरुका संसद पुनस्र्थापना भइहालेमा प्रधानमन्त्री हुन पाइन्छ कि भन्ने आशा रहेको बताए ।

‘पेरिसडाडामा एमालेले दाबी गर्दैन । तपाईहरु पनि बल्खुलगायत देशभरका एमालेले पसिना बगाएर बनाएका संरचनाहरुमा आँखा नलगाउनुस् । यदि हाम्रा सम्पतिमा आँखा लगाएमा देशभरका युवा विद्यार्थी चुप बस्दैनन्,’ उनले भने ।

प्रकाशित : पुस १४, २०७७

प्रतिक्रिया दिनुहोस्