जीपले मोटरसाइकललाई ठक्कर दिँदा मोरङमा दुई जनाको मृत्यु



विराटनगर : मोरङको पथरीशनिश्चरेमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित हरियाली सामुदायिक वन अगाडि जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

पश्चिमतर्फ आउँदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियोले विपरीत दिशातर्फ जाँदै गरेको मे ११ प ८२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको मिक्लाजुङ गाउँपालिका–४ का ३५ वर्षीय सन्तोष लिम्बू र पछाडि सवार २२ वर्षीय सुनिल विक रहेको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले जानकारी दिए ।

एसपी शर्माका अनुसार दुर्घटनामा परेर चालक लिम्बूको घटनास्थलमै ज्यान गएको र गम्भीर घाइते भएका विकको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा साँझ ५ बजेतिर मृत्यु भएको हो ।

प्रकाशित : पुस १४, २०७७

प्रतिक्रिया दिनुहोस्