रुपन्देही : कोरोना संक्रमणबाट रुपन्देहीमा एक जना महिलाको मृत्यु भएको छ ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा कपिलवस्तुको वाणगंगा–७ की ५२ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार बिहान ५ः३४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
पुस २ गते कोरोना संक्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट उनी अस्पतालमा भर्ना भएकी थिइन् ।
प्रकाशित : पुस १४, २०७७