विद्यार्थीहरुले विद्यालयमै मैनबत्ती उत्पादन गरे, अाठ निजी शिक्षकहरुलाई तलब 



बैतडी : बैतडीको पाटन नगरपालिका वडा नं ९ स्थित सिद्धे्श्वर माविका छात्रछात्राहरुले मैनबत्ती उत्पादन गरेका छन् । पेसाप्रति दक्षता हासिल गर्न ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले विद्यालयमै मैनबत्ती उत्पादन गरेका हुन् ।

 

पेसा तथा व्यवसाय विषयको प्रयोगात्मक समयमा विद्यार्थीहरुबाटै मैनबत्ती उत्पादन गरिएको विद्यालयले जनाएको छ । उक्त प्रयोगात्मकको समयमा उत्पादन गरेको मैनबत्ती बाट विद्यालयलाई निकै राम्रो आर्थिक लाभ भएको छ । 

 

विद्यार्थीहरुले पेसागत दक्षता हासिल गर्न सकुन र विद्यालयको आर्थिक स्थितिलाई सुधार गर्न मैनबत्ती उत्पादन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले जानकारी दिए ।

 

सिद्धेश्वर माध्यामिक विद्यालयले ८ जना शिक्षकहरुलाई निजि स्राेतबाट तलब दिएर काम गराउँदै आएको छ । निजि स्राेतबाट पारिश्रमिक लिएर काम गर्ने शिक्षकहरुलाई पाल्न सार्है गार्हो भएको अध्यक्ष भाटले बताए । 

 

विद्यार्थिहरुले उत्पादन गरेको मैनबत्ती बिक्री गरि आएको रकमबाट निजी शिक्षकहरुलाई तलब भत्ता खुवाउन आर्थिक सहयोग पुग्ने पनि उनले बताए । 

 

शुक्रबारबाटै मात्रै मैनबत्ती उत्पादन सुरु गरेको विद्यालयले छोटो अवधिमै पाँच सय प्याकेटभन्दा बढी उत्पादन गरि सकेको छ । उत्पादन गरेको मैनबत्ति बिक्री वितरणको लागि स्थानिय बजारमा लगिएको अधयक्ष भाटले जानकारी दिए ।

 

पेसा तथा व्यवसाय विषय अध्यापन गराउने शिक्षिका चन्द्रा भाटको प्रभावकारी प्रयोगात्मक सिकाइबाट विद्यार्थीहरु ७ थरीका मैनबत्ती बनाउन सफल भएका प्रधानाध्यापक नरेन्द्र भट्टले बताए ।

 

प्रतिक्रिया दिनुहोस्