सुर्खेतमा प्रचण्ड-नेपाल समूहको प्रदर्शन



सुर्खेतः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहले सुर्खेतमा ‘शक्ति प्रर्दशन’ गरेको छ ।

संसद विघटनको विरोधमा मंगलबार प्रदेश राजधानी वीरेन्द्रनगरमा ‘शक्ति प्रर्दशन’ गरेको हो । वीरेन्द्रनगरको मंगलगढी चोकबाट शुरु भएको विरोध र्याली बजार परिक्रमा गर्दै पिपल चौतारामा पुगेर सभामा परिणत भएको छ ।

सभामा नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्री लगायतका नेताहरुको सहभागिता रहेको नेकपा सुर्खेतका सचिव कृष्ण जिसीले जानकारी दिए । प्रर्दशनमा सहभागीहरुले ‘संसद विघटन खारेज गर’, ‘तानाशाह केपी ओली मुर्दावाद’, ‘ओली तेरो पाराले दुः ख पाए साराले जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।

प्रकाशितः १४ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्