विराटनगरको उत्तरी प्रवेश द्वारमा नयाँ गेट बन्दै



विराटनगरः विराटनगरको उत्तरी प्रवेशद्धारमा नयाँ स्वागत गेटको निर्माण हुने भएको छ ।

विराटनगर उपमहानगरपालिकाले शहरलाई नयाँ पहिचान दिन साविक स्वागत गेट भत्काएर नयाँ बनाउनु लागिएको हो । सडकको चौडाई विस्तार भएसँगै छ लेनको सडक अनुसारको स्वागतद्वार निर्माणका लागि डिजाइन तयार गरेको हो ।

महानगरपालिकाका इन्जिनियर अर्जुन थापाका अनुसार अढाई करोड लागतमा चालु आर्थिक वर्ष भित्रै काम अगाडी बढ्नेछ । उनले भने ‘हामीले खुल्ला प्रतिस्प्रर्धाबाट १४ कम्पनिसँग डिजाइन माग गरेकोमा रमन श्रेष्ठ र आशिक महर्जनको डिजाइनलाई छनौट गरेका हौं ।’ त्यसैका आधारमा डिपिआर तयार गरेएको महानगरले जनाएको छ ।

प्रकाशितः १४ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्