काँग्रेस नेता कोइराला र आङ्बोबीच छलफल



विराटनगरः नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा।शेखर कोइराला र प्रदेश १ का निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोबीच भेटघाट भएको छ ।

प्रदेशमा देखिएको संकटको समाधानका लागि समान राजनीतिक दृष्टिकोण र धारणा बनाउने योजना अनुरुप कोइराला निवासमा उनीहरुबीच भेटघाट भएको हो ।

संघीय संसद विघटन र त्यसका विरुद्ध सडकमा भइरहेको आन्दोलन तथा प्रदेश सरकारका मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव दर्तापछिको उत्पन्न राजनीतिक परिस्थितिको विषयमा छलफल भएको नेकपाका केन्द्रीय सदस्य समेत रहेका आङ्बोले जानकारी दिए ।

प्रदेश १ मा बन्ने नयाँ सरकार गठनमा काँग्रेससँग सहकार्य गर्न चाहेको विषयमा आङ्बोले कोइरालासँग छलफल गरेको जनाएका छन् ।

आफ्नो फेसबुक पेजमा आङ्बोले कोइरालासँग भेटघाटको तस्वीर सार्वजनिक गर्दै भेटघाटको विषयमा जानकारी दिएका हुन ।

प्रकाशितः १४ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्