अब रजनीकान्त राजनीतिमा नआउने, लिए निर्णय फिर्ता



काठमाडौंः रजनीकान्तले राजनितिमा आउने निर्णय फिर्ता लिएका छन् । लामो समयदेखि उनी राजनीतिमा आउन सक्रिय रहेका थिए । उनले तमिलनाडु विधानसभा चुनाव लड्ने घोषणा पनि गरेका थिए ।

अब भने रजनी राजनीतिमा नआउने बताइएको छ । आज रजनीकान्तले ट्वीट गर्दै यो फैसला आफूले स्वास्थ्यका कारणले लिएको उल्लेख गरे । पछिल्लो समय रजनीकान्त हैदरावादमा फिल्म ‘अन्नाथे’को शुटिंगमा रहेका थिए । ४ दिनअघि शुक्रवार रजनी हैदराबादस्थित अपोलो अस्पतालमा भर्ना भएका थिए । ब्लड प्रेसरको समस्याले अस्पताल पुगेका उनी सोमबार नै डिस्चार्ज भएका थिए ।

अस्पतालबाट डिस्चार्ज भएपछि रजनीले ट्वीटरमा लामो विज्ञप्ति सार्वजनिक गर्दै आफूले राजनीति र पार्टी सुरु गर्न नसकेकोमा पछुतो लागेको बताएका छन् । उनले भनेका छन्,‘मैले जनवरीमा पार्टी शुरू गर्ने घोषणा गरेको थिए । तमिलनाडुमा चुनाव लड्ने पनि भनेको थिए । तर चुनावका क्रममा कैयौ बैठकमा जानुपर्नेछ । र्यालीमा जानुपर्नेछ । लाखौ मानिसँग भेट्नुपर्नेछ । यस्तो गरेर म मानिसहरुलाई जोखिममा पार्न सक्दिन् ।’ आफ्नो राजनीतिक करियरका लागि अरुलाई आफ्ठ्यारोमा पार्न नसक्ने उनको भनाई छ ।

राजनीतिमा आफ्नो प्रवेशको पर्खाइमा रहेका र आफ्नो पार्टीमा सहभागी हुन चाहनेहरुसँग रजनीले माफी मागेका छन् । डिसेम्बरको सुरुवातमा भने ३१ डिसेम्बरमा आफ्नो पार्टीको नाम सार्वजनिक गर्ने उनले बताएका थिए ।

ट्वीटमा भनेका थिए,‘अहिले गरिएन भने कहिले पनि हुने छैन ।’ तर पार्टीको नाम सार्वजनिक हुने मितिको दुई दिनअघि आज रजनी राजनीतिमा आउने निर्णयबाटै पछि हटेका छन् । उनले २०१७ डिसेम्बर ३१ मा चैन्नईको श्री राघवेंद्र कल्याण मंडपममा आफ्ना फ्यानका अगाडि राजनीतिमा आउने घोषणा गरेका थिए । राजनीतिमा आउनुलाई उनले समयको आवश्यकतासमेत भनेका थिए ।

प्रकाशितः १४ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्