बाँकेमा तीन कोरोना संक्रमितको मृत्यु



बाँके : कोरोना संक्रमणबाट बाँकेमा थप तीन जनाको मृत्यु भएको छ । संक्रमणबाट बाँकेका दुई जना र बर्दियाका एक जना रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ ।

बाँकेको कोहलपुर नगरपालिका–२ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति साढे १० बजेतिर मृत्यु भएको छ । पुस ५ गते कोहलपुर मेडिकल कलेज भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्ठि भएको थियो ।

स्वास्थय अवस्था गम्भीर भएपछि ती पुरुषलाई उपचारका लागि भेरी अस्पताल ल्याइएको थियो ।

त्यस्तै बाँकेकै नेपालगञ्ज उपमहानगरपालिका–२० का ६६ वर्षीय पुरुषको पनि उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ । ७ गते सैनिक अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा बिहान साढे ६ बजे मृत्यु भएको हो ।

यसैगरी बर्दियाको ठाकुरबाबा नगरपालिका–९ निवासी ८५ वर्षीय महिलाको उपचारको क्रममा मंगलबार राति साढे १० बजेको समयमा बाँकेमै मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या भएपछि उनलाई १२ गते अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित : पुस १५, २०७७

प्रतिक्रिया दिनुहोस्