चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने पक्राउ



काठमाडौं : काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालमा चिनियाँ हस्तक्षेप बढेको भन्दै विरोधमा उत्रिएका नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का १७ नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सत्तारूढ नेकपाको आन्तरिक विवादसँगै संसद् विघटनलगायतका राजनीतिक घटना बढिरहेको बेला नेकपा मिलाउन चिनियाँ टोली नेपाल आएर नेकपा मिलाउन कस्सिएको बेला प्रदर्शनमा उत्रिएकाहरुले चीन विरोधी नारा लगाएका थिए ।

प्रदर्शनमा उत्रिएकाहरू नेविसंघका कार्यकर्ता भए पनि प्रदर्शनको क्रममा नेविसंघको झण्डा, पर्चा केही पनि प्रयोग नगरेको बताइएको छ ।

प्रकाशितः १५ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्