इन्धन बोकेको ट्यांकर धनुषामा दुर्घटना हुँदा चालकको मृत्यु



जनकपुर : धनुषामा तेल बोक्ने ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

निगमको दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जबाट २० हजार लिटर तेल बोकेर विराटनगर डिपोतर्फ गइरहेको को.१ख २३३८ नम्बरको ट्यांकर धनुषाको धारापानीमा बुधबार बिहान करिब ४ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्यांकर चालक अर्जुन मण्डलको घटनास्थलमै मृत्यु भएको पूर्वाञ्चल पेट्रोलियम ट्यांकर ढुवानी संघका अध्यक्ष गुणराज निरौलाले जानकारी दिए ।

देशभर पछिल्लो समय चिसो बढ्दै गएको र तराई–मधेशमा बाक्लो हुस्सु लागेका कारण गाडी चलाउन मुस्किल हुने गरेको अध्यक्ष निरौलाले जानकारी दिए ।

तराईमा हुस्सु बढे पनि तेल बोकेर नियमित रूपमा ट्यांकरहरू चलिरहनुपर्ने बाध्यता छ ।

देशभरका डिपो र पेट्रोलपम्पसम्म ट्यांकरले नै नियमित रूपमा तेल ओसार्ने गरेका छन् । एउटा डिपोबाट अर्को डिपोमा रातको समयमा नै तेल ढुवानी हुने गरेको छ । जसकारण डिपोहरूले बिहानबाटै पम्पमा तेल दिएर आपूर्ति सहज गर्न मद्दत मिलिरहेको छ ।

प्रकाशित : पुस १५, २०७७

प्रतिक्रिया दिनुहोस्