मेयरको बुबाको निधनमा सार्वजनिक बिदा



झापा : झापाको कनकाई नगरपालिकाका मेयरको बुबाको निधन हुँदा नगरपालिकाभर सार्वजनिक बिदा दिइएको छ ।

कनकाई नगरपालिकाले मेयर राजेन्द्र पोखरेलको बुबाको निधनमा आज (बिहीबार) सार्वजनिक बिदा दिएको हो ।

मेयर पोखरेलका बुवा गणेशप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा हिजो (बुधबार) निधन भएको थियो । उनको निधनको शोकमा नगरपालिकाले बिहीबार एक दिन नगरपालिकाभर सार्वजनिक विदा दिएको हो ।

आज कनकाई नगरपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरुमा समेत सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

प्रकाशित : पुस १६, २०७७

प्रतिक्रिया दिनुहोस्