‘मिस युनिभर्स नेपाल २०२०’ को ताज अंशिका शर्मालाई



काठमाडौं : ‘मिस युनिभर्स नेपाल २०२०’ को ताज अंशिका शर्माले जितेकी छन् । उनी अष्ट्रेलियानिवासी हुन् ।

बुधवार राति भएको प्रतिस्पर्धामा फाइनलमा पुगेका अन्य ४ प्रतिस्पर्धीलाई उछिन्दै शर्माले मिस युनिभर्सको ताज जितेकी हुन् । जितसँगै शर्माले १० लाख नगदसहित १५ लाख बराबरको क्राउन हात परेकी छन् ।

प्रतियोगिताको फाइनलमा शर्मासहित मस्को निवासी निनाकान्ता मण्डल, अमेरिका निवासी सुजिता बस्नेत, काठमाडौं निवासी दिक्ता थापा र विराटनगरनिवासी न्यान्सी खड्का पुगेका थिए ।

पहिलो पटक स्वतन्त्र रुपमा सञ्चालन भएको भनिएको प्रतियोगिताका लागि पाँच सय आवेदन परेको आयोजकले जनाएका थिए । विभिन्न चरण पार गर्दै फाइनलमा भने १८ जनालाई ¥याम्पमा उतारिएको थियो।

प्रतियोगिताको निर्णायकमा माल्भिका सुब्बा, अनुपमा खुञ्जेली, चारु चड्डा, अभया सुब्बा, उषा रजत र प्रेरणा शाह थिए ।

प्रकाशित : पुस १६, २०७७

प्रतिक्रिया दिनुहोस्